Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

बलिउड नायिका श्रीदेवीको मृत्यु पानीमा डुबेर

admin

बलिउड नायिका श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको फरेन्सिक रिपोर्टबाट देखिएको छ । उनको शरीरमा अल्कोहल पाइएको पनि रिपोर्टमा उल्लेख छ । दुबईमा सोमबार बेलुकी साढे ४ बजे श्रीदेवीको फरेन्सिक रिपोर्ट जारी भएको हो । रिपोर्टका अनुसार उनी बाथटवमा भएको बेला बेहोश भएकी थिइन् । टबमा डुबेर नै उनको मृत्यु भएको ठहर गरिएको छ । उनलाई कार्डियाक अरेस्ट आएको थिएन । यसअघि उनको कार्डियाक अट्याकबाट मृत्यु भएको समाचार फैलिएको थियो ।

रिपोर्टका अनुसार श्रीदेवीको रगतमा अल्कोहाल पनि भेटिएको छ । दुबई पुलिसले श्रीदेवी दुर्घटनावस वाथटवमा डुबेर बेहोश भएको र उनको मृत्यु भएको जनाएको छ । प्रहरीे यो केसको कानूनी कारवाही दुबई प्रोसिक्यूसनलाई सुम्पिएको छ । परिवारका एक निकटस्थको हवाला दिदै दुबईबाट प्रकाशित खलिज टाइम्सले भनेको छ कि बोनी कपुर बिबाहमा सहभागी भएर मुम्बई फर्किएका थिए । २४ फेबु्रअरीमा उनी फेरि दुबई गए र बेलुकी करिव ५:३० बजे जुमैरा इमरेट्स टावर होटलमा गए । यहाँ श्रीदेवी बसेकी थिइन् । बोनीले श्रीदेवीलाई सरप्राइज डिनरमा लैजान योजना बनाएका थिए ।

बोनीले श्रीदेवीलाई उठाए र उनीहरुबीच करिब १५ मिनेट कुरा भयो । यसपछि श्रीदेवी वासरुम गइन् । १५ मिनेटसम्म उनी नफर्केपछि बोनीले बाथरुमको ढोका ढक्ढकाए । भित्रबाट कुनै आवाज नआएपछि उनले धक्का दिएर ढोका खोले । त्यहाँ उनले देखे कि श्रीदेवी अचेत अवस्थामा बाथटवमा लडेकी थिइन् ।

बोनीले उनलाई होशमा ल्याउन प्रयास गरे तर सफल भएनन् । त्यसपछि उनले आफ्ना साथीलाई फोन गरे । करिब ९ बजे प्रहरीलाई खबर गरे । प्रहरी र डाक्टर होटल आएपछि श्रीदेवीलाई मृत घोषित गरेका थिए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको