Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

बेवारिसे अवस्थामा नवजात शिशु फेला,पालनपोषणको जिम्मा लिन स्थानीयको भीड

admin

सिमरा पथलैयास्थित सडक छेउमा सोमबार बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।पथलैयादेखि पूर्वतर्फ रहेको तीन नम्बर पुलनजिक सडक छेउमा शिशु फेला परेको हो । ब्यस्त राजमार्गको छेउमै शिशु फेला परेपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए ।  अस्थायी चौकी पथलैयाको टोलीले शिशुलाई उद्दार गर्दै सिमरास्थित अल्पाइन अस्पताल ल्याएको थियो । शरीरमा रगत लागेको अवस्थामै रहेको शिशुको अहिले अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 नवजात शिशु भेटिएसंगै अस्पताल क्षेत्रमा शिशुको पालनपोषणको जिम्मा लिन स्थानीयको भीड लागेको छ । बिहानैदेखि स्थानीयले अस्पताल पुगेर प्रहरीसंग शिशुको पालनपोषणको इच्छा देखाइरहेका छन् । प्रहरीले भने नवजात शिशु यत्तिकै जिम्मा लगाउन नमिल्ने बताएको छ ।

कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेलले शिशुको जिम्मा लगाउनेछ । १८ बर्षसम्म सन्तान नपाएका पती पत्नी, पालनपोषणका लागि आर्थिकरुपले सक्षम लगायत मापदण्ड पूरा गरेका व्यक्तिलाई शिशु जिम्मा लगाउन सक्ने प्रहरीको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको