Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

‘ब्युटिसियन नेपाल – २०१८’ को अनलाईन भोटिङ सुरु, फागुन २० गते फिनाले

admin

ब्युटिसियन महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको ‘ब्युटिसियन नेपाल – २०१८’ को पाचौं संस्करणको अनलाईन भोटिङ सुरु भएको छ । फागुन २० गते फिनाले हुने यस् प्रतियोगिताको ‘बेस्ट पपुलर चईस अवार्ड’ पनि अनलाईन भोटिङबाटै प्राप्त गर्न सकिने आयोजकले बताएका छन् । प्रतिस्प्रधाको अन्तरास्ट्रिय अनलाईन भोटिङ नियम अनुसार सबैभन्दा धेरै अनलाईनमा भोट प्राप्त गर्ने प्रतियोगीले ‘पब्लिक चइस अवार्ड’ प्राप्त गर्नेछन । आर्टिस्ट ‘पब्लिक चइस अवार्ड’ का लागि आर्टिस्ट नेपालको फेसबुक पेज मार्फत आफुलाई मन पर्ने प्रतिस्प्रधीलाई फागुन १९ गतेसम्म भोट गर्न सकिनेछ ।

ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतिस्प्रधाको ट्रेनिङ अबधीभर नयाँ नयाँ सिप क्षमताको प्रक्षिक्षण तथा आदानप्रदान हुने अमाजोन ईन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताउनुभयो ।

प्रतिस्प्रधी ब्युटिसियनहरुलाई मोडेल कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, फोटोसेसन, महिला सशक्तीकरण, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता बिभिन्न विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको आयोजकले बताएका छन ।

यस् प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १६ जना ‘ब्युटिसियनहरु छानिएका थिए । प्रतियोगीतामा मुख्य उपाधिसहित फस्ट रनर्सअप, सेकेन्ड रनर्सअप, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी,बेस्ट ड्रेस्स, बेस्ट स्किन, मस्ट पपुलर, मस्ट ब्युटिफुल, मिसेस फोटोजेनिक, बेस्ट स्माईल लगायत बिभिन्न विधामा विजेता छानिनेछ । प्रतियोगितामा सम्झना शेर्पा, बिना श्रेष्ठ, गंगा खड्का , सविना नेपाली , सुनिता पोखरेल, देवी श्रेष्ठ, कल्पना गुरुङ, प्रतिक्षा अधिकारी , लक्ष्मी श्रेष्ठ, सविना खत्री, शर्मिला शाही, रमिला शाही महर्जन, लिना खेबाङ सुब्बा, शिलास्मा मल्ल,मिट्ठु महर्जन र सविना चित्रकार रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको