Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

काठमाडौका सरकारी कार्यालयमा अव भुक्तानी विद्युतीय कारोबारबाट मात्र

admin

महालेखा नियन्त्रकको कार्यालयले विद्युतीय भुक्तानी कारोबार ललितपुर, काठमाडौं र भक्तपुर हुदै नेपाल भरिकै सबै कार्यालयबाट लागु गर्ने भएको छ ।  कार्यालयले यही फागनु १५ गतेबाट काठमाडौं सिंहदरबारस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्रदायक फर्म, कम्पनी, संस्था वा व्यक्तिको बैंक खातामा नै जम्मा हुने गरी नेपाल क्लियरिङ हाउस (एनसीएचएल–आएइपीएस) मार्फत विद्युतीय भुक्तानी कारोबार सफलतापूर्वक शुरु गरी उक्त सेवालाई विस्तार गरेको हो ।

एनसीएचएल–आएइपीएस) मार्फत विद्युतीय भुक्तानी गर्न सम्बन्धित कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउँदा अब भुक्तानी दिनुपर्ने सेवा प्रदायक संस्था, फर्म, कम्पनी वा व्यक्तिको बैंक खाता पनि उपलब्ध गराउनु पर्ने हुन्छ ।

भुक्तानी आदेश प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले आफ्नो बैंक मार्फत हितग्राहीको खातामा सिधै रकमान्तर गरिदिने छ । हाल एभरेष्ट बैंक लि., नेपाल बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि. र कृÈि विकास बैंक लि.बाट सरकारी भुक्तानी कारोबार हुदै आएको छ ।

यस विस्तारले नेपाल सरकारको भुक्तानी कारोबारहरु सिधै बैंक मार्फत विद्युतीय माध्यमबाट गरिदा वित्तीय अनुशासन र वित्तीय पारदर्शीता कायम गर्न विशेÈ मद्दत पुग्नुका साथै नेपाल सरकारको विद्युतीय भुक्तानी गर्ने नीति कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास नेपाल क्लियरिङ्ग हाउसको रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको