Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

admin

नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए अनुसार नेता विप्लवलाई पक्राउ गर्नलाई उनको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो । ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि ‘सर्कुलर’ जारी गरेको छ।

प्रदेश सभा र प्रतिनिधि सभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।  गत कात्तिक २८ गते भोजपूरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। जिल्लाका अन्य भागमा पनि बिस्फोट भएका थिए।  सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि आइतबार सोही मुद्दाका फरार अभियुक्त भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको