Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी

admin

नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ । जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए अनुसार नेता विप्लवलाई पक्राउ गर्नलाई उनको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो । ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि ‘सर्कुलर’ जारी गरेको छ।

प्रदेश सभा र प्रतिनिधि सभा चुनावका बेला भोजपुरमा बम बिस्फोट गराएको भन्दै प्रहरीले विप्लवलगायत १८ जनालाई विपक्षी बनाएर बिस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।  गत कात्तिक २८ गते भोजपूरमा पूर्वसञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण भएको थियो। जिल्लाका अन्य भागमा पनि बिस्फोट भएका थिए।  सो मुद्दामा जिल्ला अदालत भोजपुरले चन्दलगायत अन्य नेता कार्यकतालाई पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि आइतबार सोही मुद्दाका फरार अभियुक्त भोजपुरका उद्धव बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको