Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

चुनावि माहोलले तात्याे फेकन,हेर्नुहोस् क-कसले गरे उमेद्वारी घोषणा

admin

परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आँठौ बार्षीक साधारण सभा तथा निर्वाचन मार्फत नयाँ कार्यसमिती चयन गर्ने भएको छ ।साधारण सभा र नयाँ नेतृत्वकाे चुनाव यही आउदो शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने फेकनले जनाएको छ ।नयाँ नेतृत्वमा आउन चाहने आकाङ्छिहरुको संख्या बढेपछी चुनाव गर्नुपरेको फेकन अध्यक्ष युवराज कटुवालले जानकारी दिए । उनले आफू सहमतिबाटै आगामि दुई बर्षका लागि समग्र व्यवसायीको हित अनुरुप अघि बढ्न तयार रहेकाले अध्यक्ष बाहेकका पदमा निर्वाचन हुने बताए ।

चुनावको मिती घोषणा भएसंगै नेतृत्वमा जान चाहने व्यवसायीहरुले आआफ्नो पक्षमा लविङ गरिरहेका छन् ।
उमेद्वरी घोषणा गर्नेहरुमा अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष युवाराज कटुवाल,प्रत्यक्ष चुनाव हुने एकजना उपाध्यक्ष पदका लागि निमास एजुकेशनका सरोज थापा,एक्टिभ सिनर्जी कन्सल्ट्यान्टका रामसरण ढकालले उमेद्वारी घोषणा गरेका छन् । महासचिव पदका लागि सेतो एकेडेमीका भुपाल तामाङ र ई हाईवे एजुकेशनका विपिन केसी ,सचिव पदका लागि राजु निरौला र अमितबाबु ढुङ्गाना,कोषाध्यक्ष पदका लागि इन्द्र लामा लगायतले उमेद्वारी घोषणा गरेका छन् ।

फेकनको संसोधित विधान अनुसार १५ सदस्यको केन्द्रिय कार्यसमिती रहने छ भने ११ प्रत्यक्ष निर्वाचन बाट र उपाध्यक्ष सहित थप ३ सदस्य मनोनित हुँने व्यवस्था रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको