Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रममा कलाकार मनोज आचार्य भए सम्मानित

admin

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसीको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा आयोजित एक बिशेष साहित्यिक कार्यक्रममा कवि, कलाकारहरुले आ आफ्ना कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग, गीत, नाच प्रस्तुत गरेर वाशिङटन डिसीको साहित्यिक र साँगीतिक माहोललाई नयाँ आयाम दिएका छन ।

प्रा. डा. हरिराज भट्टराई , मनोज आचार्य , नीरा शर्मा, दुर्गा रिजाल, रामप्रसाद खनाल, प्रकाश नेपाल, नारायण घर्ति मगर, परशु तिमल्सेना, पुस्कर पन्त, अम्बिका गुरुङ, मन थापा, सुनिता खत्री, बिमला निरौला, कमला खरेल, राम शरण हुमागाइँ, गुणराज लुइँटेल, अरुण रुपाखेती, अम्बिका गुरुङ, सुजना
ढकाल, शकुन्तला न्यौपाने, गोमा न्यौपाने, तारा न्यौपाने, पुस्पा घिमिरे, सिता लुइँटेल, खगेस्वर न्यौपाने, मोहन निरौला, बिना घर्ति मगर, सुस्मा खनाल लगायतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थितमा कविता, गजल, मुक्तक, हाँस्यब्यङ्ग कार्यक्रमले अमेरिकामा पनि नेपाल र नेपालीको झल्को दिईरहेको थियो । ४ घण्टा चलेको उक्त कार्यक्रममा कवी तथा कलाकार पुस्कर पन्तको कविता सङ्रह नेपाल देखी अमेरिका सम्मको बिमोचन गरिएको थियो भने आयोजकहरुले अमेरिकाबासी नेपालीका तर्फ कलाकार मनोज आचार्यलाई वहाँले कला र साहित्यका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

यसै गरी अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजालाई पनि सम्मान गरिएको कार्यक्रममा कानुन एबम भाषा बिद डा। होमा बहादुर थापाले भाषा, साहित्य र सँस्कृतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । महासचिब भुप नारायण घर्ति मगरले सँचालन गर्नुभएको उक्त वाशिङटन डिसी साहित्य सँगममा संस्थाका अध्यक्ष रामप्रसाद खनालले उपस्थित सबैलाई बिशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जापानी नागरिक मिचिगोले जापानिज भाषाको गीत गाउनु भएको थियो । । उक्त अबसरमा अनेसास डिसीका कोसाध्यक्ष, हाँस्य कवी तथा कलाकार पुश्कर पन्तको नयाँ कृति नेपाल देखी अमेरिका सम्मको बिमोचन पनि गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको