Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा ‘एकताविरुद्धका गतिविधि स्वीकार्य छैनन्’: कार्यवाहक सभापति खड्का

लाईसेन्स ट्रायलका लागि मापदण्ड बिपरित संचालित सूजुकी ड्राईभिङ्ग

admin

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दैनिक ७ सयदेखि ८ सय जनाले मोटरसाइकलको ट्रायल दिन्छन् । एकान्तकुनाबाट लाइसेन्सका लागि आवेदन दिने सबै जनाले सुजुकी ड्राइभिङमै ट्रायल दिनुपर्ने व्यवस्था छ । तर ट्रायल दिन पुगेकामध्ये ३० प्रतिशत मात्रै पास हुन्छन् । फेल भएका बाँकी ७० प्रतिशतले पुनः ट्रायल दिनुपर्ने हुन्छ ।

गत वर्ष ९२०७३० फागुनदेखि सुजुकी ड्राइभिङ सेन्टरले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको ट्रायल गराउने ठेक्का पाएको थियो । मापदण्ड नै परिमार्जन गरेर सुजुकीलाई १० वर्षसम्मका लागि ट्रायल गराउने ठेक्का दिइएको थियो । जसको अन्य व्यवसायी र उपभोक्तावादीहरुले चर्को विरोध पनि गरेका थिए । उक्त ठेक्का सम्झौतामा ठूलो आर्थिक चलखेल भएको विषय पनि प्रकाशमा आएका थिए ।

यातायात व्यवस्था कार्यालय एकान्तकुना देशकै सबैभन्दा बढी लाइसेन्स वितरण गर्ने कार्यालय हो । यो कार्यालयमार्फत साना–ठूला सवारीसाधनको चालक अनुमपति पत्रका लागि १ हजार ५ सय देखि २ हजार जनाले दैनिक ट्रायल दिन्छन् । यी सबै ट्रायल सुजुकी ड्राइभिङमै हुन्छन् ।

सुजुकीले ट्रायल गराएबापत मोटरसाइकलको लाइसेन्सका लागि २००, कारको लाइसेन्सका लागि ३२०, टेम्पोको लाइसेन्सका लागि ३९०, ट्र्याक्टरको लाइसेन्सका लागि ४०० र मिनीबसको लाइसेन्सका लागि ५०० रुपैयाँ (भ्याट बाहेक) सेवाग्रहीबाट उठाउँदै आएको छ । ट्रायल गराएवापत सुजुकी ड्राइभिङले १ दिनको ५ लाखदेखि ७ लाख रुपैयाँसम्म कमाउँछ ।

पहिलो ट्रायलबाट एक दिनमै लाखौं रुपैयाँ कमाउने सुजुकी ड्राइभिङ सेन्टरले प्रशिक्षार्थी फेल गराएर थप असुली गर्छ । सुजुकी ड्राइभिङ सेन्टरबाट दैनिक ७० प्रतिशत पशिक्षार्थी लाइसेन्समा फेल हुँदा उसले दैनिक ७० प्रतिशत थप कमाइ गर्न पाउँछ ।

Source: Lokantar

विवरण अनुसार सुजुकीको ड्राइभिङ सेन्टर नै सरकारी मापदण्ड विपरीत छ । यातायात व्यवस्था विभागले गत माघ २५ गते ९बिहीवार० यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई पत्र लेखेर सुजुकीले मापदण्ड मिचेर ड्राइभिङको ट्रायल गराइरहेको भन्दै सुधार गर्न निर्देशन दिएको थियो । तर एकान्तकुनास्थित यातायात कार्यालयले पत्रबारे कुनै चासो नै दिएको छैन ।

विभागले गरेको अध्ययनका अनुसार सुजुकी ड्राइभिङ स्कूलले अंग्रेजी अक्षर आठ ९एट० टेस्टको प्याराफिटको दूरी मिलेको छैन । सरकारले तोकेको मापदण्डअनुसार चार पाङ्ग्रे सवारीका लागि एट टेस्ट प्याराफिटको दूरी बीचको दुई गोलो घेरा ८–८ मिटरको हुनुपर्छ । साथै बीचको गोलो घेराको बाहिरको भाग ९गाडी घुमाउनुपर्ने ठाउँको ग्याप ४ मिटरको हुनुपर्छ । तर सुजुकीले उक्त ग्याप ३ मिटरको मात्रै राखेको विभागले गरेको अध्ययनबाट देखिएको छ ।

यस्तै दुई पाङ्ग्रे सवारीको ट्रायल गर्ने एट टेस्ट प्याराफिटको बीचको दुई गोलो घेरा ३–३ मिटरको हुनुपर्छ । बाहिर सवारी गुडाउने ग्याप १।५ मिटरको हुनुपर्छ । तर सुजुकीले दुई पाङ्ग्रे सवारीको आठको ग्याप १.५ मिटरभन्दा कम राखेको भेटिएको छ ।

सुजुकी ड्राइभिङले मोटरसाइकल र स्कुटर घुमाउने जमिनको सतहभन्दा माथि उठाएको छ । जसका कारण पनि धेरै प्रशिक्षार्थी अलमलिएर फेला हुने गरेका छन् । यातायात व्यवस्था विभागले गत असोजमै गरेको अध्ययनअनुसार उक्त ट्रायल सेन्टर भत्काएर पुन बनाउनुपर्ने निश्कर्ष निकालेको थियो । तर एकान्तकुनास्थित यातायात कार्यालय र सुजुकी ड्राइभिङले विभागको निर्देशनप्रति कुनै चासो दिएका छैनन् ।  यातायात व्यवस्था विभागले पटक(पटक पत्र काटेर सुजुकी ड्राइभिङको प्राविधिक त्रुटी सच्याउन निर्देश दिइसके पनि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

SOURCE : LOKANTAR


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको