
“त्यो मन” बोलको आधुनिक गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
गायक तथा संगीतकार राजन श्रेष्ठको स्वरमा रहेको गीतको भिडियो, पर्यटक नगरी पोखराका रमरणीय स्थलहरुमा छायांकन गरिएको छ । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठले नै गरेका हुन ।
रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन भने मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । भिडियोमा मोडलद्वय रोशनी कार्की र भानु पाण्डेको अभिनय रहेको छ ।
सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्रमा फर्किएका छन् । ढुंगाको मूर्ति, भूल्नै सकिन, तिम्रो मायामा लगायत एक सय भन्दा बढी लोकप्रिय गीतको निर्माण निर्देशन गरेका श्रेष्ठले अहिलेका थुप्रै चर्चित मोडलहरुलाई समेत अवसर दिने म्यूजिक कम्पनी मिसन म्यूजिकका संचालक समेत हुन ।
सांगीतिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाएर सफल संगीतकर्मीको परिचय बनाएका श्रेष्ठ आफुले यो गीत लामो समयको तयारी र मिहिनेतले आम दर्शक र श्रोता माझ ल्याउन लागेको हुनाले सवैले मन पराउनेमा आफु आशावादी रहेको उनले बताए । व्यापार व्यबसाय र आफ्ना केहि कारणले केहि समय टाढा रहे पनि दर्शक श्रोताको माया र आफ्नो संगीत प्रतिको मोहले फेरी यस क्षेत्रमा निरन्तर सक्रिय रहने छु उनले भने । स्टुडियो कुवेरको निर्माण रहेको भिडियो अर्को हप्ता सार्वजनिक गरिने तयारीमा रहेको छ ।