Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

पूर्व उपराष्ट्रपति झाले भारतीय मिडियालाई “नेपाल मगन्ते देश हो ” किन भने ?

admin

पूर्व उपराष्ट्रपति परमानन्द झाले भारतीय पत्रिका दैनिक जागरणसँगको कुराकानीमा नेपाल मगन्ते देश भएको बताएका छन् । झाको भनाइ उद्धृत् गर्दै सो पत्रिकाको अनलाइन संस्करणमा लेखिएको छ( “जुन देशले जति सहयोग गर्छ त्यसलाई स्वीकार गर्न नेपाल कहिल्यै हिच्किचाउँदैन, किनकि नेपाल एक मागन्ते देश हो । जसले जति सहयोग गर्छ, ऊप्रति उत्तिकै आकर्षण हुनु स्वभाविक हो ।”

“भारत को चीन से डरने की जरूरत नही” शीर्षकमा प्रकाशित समाचारमा उनले भारत चीनसँग डराउनुपर्ने अवस्था नरहेको पनि बताएका छन् ।

“भारत डराउनु पर्ने अवस्था नै छैन, किनकि नेपाललाई आफ्नो कब्जामा लिएपछि मात्र चीनले भारतमाथि केही गर्न सक्छ, जुन बिलकुल सम्भव छैन ।” भारतीय दूतावासले अहिले नेपालमा राजनीति गरिरहेको भन्दै उनले त्यसलाई बन्द गर्न सुझावसमेत दिएका छन् ।

Link : JAGARAN.COM

https://www.jagran.com/bihar/darbhanga-india-does-not-need-to-fear-china-ecstasy-17590887.html


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको