पक्राउ परेका नागरिक अभियन्ता छुटे

चिकित्सा शिक्षा आयोगमाथि हस्तक्षेप गरी सरकारले अमुक मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्दा बालुवाटारबाट पक्राउ परेका नागरिक अभियन्ता छुटेका छन् ।

सर्वोच्च अदालतको निर्णयविपरीत सरकारले एक मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै बृहत् नागरिक आन्दोलन उक्त कदमको भर्त्सनासहित विरोध प्रदर्शनको तयारीमा थियो ।

तर, प्रदर्शन गर्न नपाउँदै प्रहरीले बालुवाटारस्थित पिपलबोटबाट साहित्यकार, लेखक खगेन्द्र संग्रौलासहित नारायण वाग्ले, सञ्जीव उप्रेति, युग पाठक भास्कर गौतमलगायत १८ जना अभियन्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेपछि चौतर्फी विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *