Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

नेपाल टेलिकमको होली अफर

admin

नेपाल टेलिकमले फागु पूर्णिमाका अवसरमा “होली अफर” ल्याएको छ। होली अफरमा अनलिमिटेड भ्वाइस नाइट कल, अनलिमिटेड अल टाइम डाटा, अनलिमिटेड नाइट डाटा, अनलिमिटेड भ्वाइस डाटा र एसएमएस लगायतका पाँच किसिमका सेवामा आकर्षक अफर दिन लागिएको टेलिकमले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

अनलिमिटेड भ्वाइस नाइट कल अन्तर्गत ग्राहकले ३५ रुपैयाँमा राती दश बजेदेखि बिहान छ बजेसम्म तीन दिनसम्म कल गर्न सक्नेछन्। अनलिमिटेड अल टाइम डाटा अन्तर्गत ग्राहकले ५० रुपैयाँमा चौबीस घण्टा अलटाइम डाटा प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले एक जिबीको डाटा थ्रिजी र फोर जीको गतिमा चलाउन सक्नेछन् भने समयावधि पछि २ सय ५६ केबीपिएसको गतिमा चलाउन सक्नेछन्।

ग्राहकले एक जिबीको थ्रिजी र फोरजीको गतिमा चल्ने अनलिमिटेड नाइट डाटा प्याक १५ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यो सेवा राती १० बजे देखि विहान छ बजेसम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। कम्पनीको अनुसार समयावधी पछि उक्त डाटा २ सय ५६ केबीपिएसमा चलाउन सक्ने बिज्ञप्तीमा उल्लेख छ।

ग्राहकले अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर एक घण्टाको लागि प्रयोग गर्न सक्नेछन्। २५ रुपैयाँ शुल्क लाग्ने अफर टेलिकमको नेटवर्कमा रहेर ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा लिन सक्ने कम्पनीले बताएको छ।

जिएसएम मोबाइलकर्ताले होली अफर फागुन १७ गतेदेखि चैत १ गतेसम्म प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ। ुहोली अफरु खरिदका लागि ग्राहकले ८१४१५ ३ मा डायल गर्नुपर्ने पनि टेलिकमले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको