Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

भुईमा सुत्नुको फाईदा थाहपाउनु भयो भने, छोड्नु हुनेछ बेडमा सुत्न

admin

पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं । नभरिको मेहनतपछि नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पनि पुग्छ है । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् । काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ । शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त । तपाईं कति आनन्दित महसूस गर्नुहुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको