Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

श्री ५ भण्डारी सरकारको नामबाट फेसवुक चलाउने युवक पक्राउ

admin

श्री ५ भण्डारी सरकारको नामबाट फेसवुक चलाउने एक युवक तुलसीपुरमा पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१ निवासी १९ बर्षका आकाश भण्डारीलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

सार्वजनिक संजाल फेसवुकमार्फत विनाप्रशंग शान्ति सुरक्षामा खलल पुग्ने गरी गलत कुरा सम्प्रेषण गरेकाले पक्राउ गरिएको भन्दै उनीविरुद्ध सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ । प्रनाउ सापकोटाले आफ्नाविरुद्ध पनि चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको बताए ।

‘साइबर क्राइम मुद्दा चलाउने मान्छे हो, प्रनाउ सापकोटाले भने,‘ तर भविष्य किन विगारौं भनेर सार्वजनिक मुद्दा चलाउन लागेको छु ।’ तुलसीपुरमा सार्वजनिक सञ्जाल फेसबुकमार्फत गलत कुरा प्रवाह गरेको भन्दै पक्राउ परेको यो पहिलो घटना हो ।

यसअघि फेक आइडीमार्फत एक महिलाको फोटो पोष्ट गर्ने एक युवक पनि पक्राउ परेका थिए । भण्डारीले विगतदेखिनै फेसबुकमार्फत् विवादस्पद कुरा लेख्ने गरेको प्रहरीले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको