१६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल

१६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ ।

 

युरोकपमा आज समूह ‘एफ’ को दुई खेलहरु हुँदैछ । पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ ।

पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चगल र हंगेरीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

यस्तै आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ । फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ। खेल राति १२:४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *