बलेफी खोलामा बाढीले खतराको तह नाघ्यो

जल तथा मौसम विज्ञान विभागले मंगलबार राति दिएको जानकारीअनुसार  सिन्धुपाल्चोकको जिल्लाको बलेफी खोलामा बाढीले खतराको तह नाघेको छ।

साँझ अकस्मात जलसतह खतराको तहमा पुगेको विभागले जनाएको हो । बाह्रविसेको भोटेकोसी नदी क्षेत्रमा पनि पानीले खतराको तह नाघेको छ ।

दुवै क्षेत्रमा बुधबार बिहानसम्म सतर्कता अपनाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *