विश्वभर कोरोना कारण १७ करोड संक्रमित, ३८ लाखले ज्यान गुमाए

विश्वभरमा हालसम्म १७ करोड ७३ लाख ८८ हजार ८ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ३८ लाख ३७ हजार ४ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

हालसम्म १६ करोड १८ लाख १८ हजार ३ सय ८२ निको भएका छन् भने १ करोड १७ लाख ३२ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८३ हजार ७ सय २४ जना सिरियस केस रहेका छन्।

गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा बढी ब्राजिलमा ८८ हजार ९सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टा मै भारतमा ६२ हजार २ सय २७, अर्जेन्टिनामा २७ हजार २ सय ६०, कोलोम्बियामा २४ हजार ४ सय ५२, रसियामा १४ हजार १ सय ८२ र अमेरिकामा १० हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी, वितेका २४ घण्टामै ८ हजार ६ सय ५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। सबै भन्दा बढी ब्राजिलमा २ हजार ७ सय ६० जनाले ज्यान गुमाउनु प¥यो। ब्राजिलमा हालसम्म कोरोनाको संक्रमणबाट ४ लाख ९१ हजार १ सय ६४ जनाको कोरोनाबाट मृत्यु भएको छ।

भारतमा १ हजार ४ सय ७० जनाको २४ घण्टाभित्र कोरोनाका कारण निधन भएको छ भने हालसम्म भारतमा ३ लाख ७९ हजार ६ सय १ जनाले ज्यान गुमाउनु परेको छ। गत २४ घण्टामा ३ सय १९ जनाको ज्यान गए पनि अमेरिकामा सबैभन्दा बढी ६ लाख १५ हजार ६ सय ८१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

संसार भरी निको हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ। गत २४ घण्टामा विश्वभरबाट ४ लाख ५२ हजार २२ जना कोरोनाका संक्रमितहरु निको भएका छन्। सबै भन्दा बढी भारतमा १ लाख ७ हजार ८ सय ५४ जना कोरोनाका संक्रमितहरु निको भ एभने हालसम् मभारतमा २ करोड ८३ लाख ८० हजार ६ सय ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यस्तै ब्राजिलमा गत २४ घण्टामा ९० हजार बढी निको भए, अमेरिकामा ३० हजार, कोलोम्बियामा २८ हजार र अर्जेन्टिनामा २३ हजार बढी निको भएर घर फर्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *