Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

दुई महिलाको हत्या गरेको आरोपमा सन्त पक्राउ

admin

कञ्चनपुरको पुनर्वास भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । झण्डै एकसाता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको टोलीले स्थानीय डोकेबजार नजिक कुटिया (धर्मशाला) मा आश्रय लिँदै आएका अभियुक्त रानाको यस अपराधामा हात रहेको पत्ता लगाएको हो ।

“अनुसन्धान गर्दै जाँदा सुरुमा अभियुक्तले निकै बहानाबाजी गरे,” प्रहरी निरीक्षक रोकायाले भन्नुभयो, “अनुसन्धान थालेको दुई दिनपछि हत्या गरेको स्वीकार गरे ।”

प्रहरी हिरासतमा रहेका अभियुक्त रानाले मादक पदार्थ सेवन गरेर जंगलको बाटो हुँदै कुटियातर्फ फर्किदै गर्दा बाटोमा वृद्धा धामीको हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले अभियुक्त रानालाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुयाएको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्त रानालाई कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ ।

अभियुक्त रानाले गत साउन २९ गते पुनर्वास–११ भीमवस्तीस्थित सिद्धदेवी मन्दिर परिसरमा रहेको धर्मशालामा बस्दै आएका धर्मा मल्ल (माता) लाई पनि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मल्ललाई हत्या गरेको झण्डै सात महिनापछि उक्त घटनाको पनि रहस्य खुलेको हो ।

धर्मशालामा आश्रय लिँदै आएका मल्ललाई आफूलाई धर्मशालामा पस्न नदिएको झोंकमा हत्या गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाको रिचाह घर भएका अभियुक्त राना डोकेबजारको कुटियामा बस्दै आएका थिए । रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको