Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

चिनको अर्को किर्तिमानी २ घण्टामै न्यूयोर्क पुग्न सक्ने विमानको सफल परिक्षण

admin

चीनले दुई घण्टामा न्यूयोर्क पुग्ने विमानको सफल परिक्षण गरेको छ । ‘चाइना एकेडेमी अफ साइन्स’का अनुसन्धानकर्ताहरुको एक समूहले २ घण्टामै बेईजिङबाट न्यूयोर्क पुग्ने विमानको सफल परिक्षण गरेका हुन् । विशेष हवाई सुरुङ ९विन्ड टनेल० मा गरिएको परिक्षणमा विमानले ५६ सय माइल प्रति घण्टाको गति लिएको थियो ।

यसबारे खोजपत्र चिनियाँ जर्नल ‘फिजिक्स, मेकानिक्स एण्ड एस्ट्रोनमी’मा प्रकाशित भएको छ । सो परियोजनाको नेतृत्व चुई काईले गरेका थिए । उनी ‘चाइना एकेडेमी अफ साइन्स’ को उच्च तापक्रम ग्यास डाइनेमिक्सको प्रमुख प्रयोगशालाका एक सदस्य हुन् । यो विमान निर्माणमा चीनका अन्य हापरसोनिक कार्यक्रमहरुको खोजको पनि योगदान रहेको छ ।

यो सफलता चीनले अन्य हाइपरसोनिक प्रविधिका अन्य क्षेत्रहरुमा सफलता प्राप्त गरेको खबर आएसँगै आएको हो । जसमा चीनको डी।एफ।–१७ एचजीभी लगायत अन्य रकेटजडित अन्तरिक्षयानहरु पनि समावेश रहेका छन् ।

‘साउथ चाइना मनिङ्ग पोष्ट’मा आफ्नो नाम बताउन नमिल्ने ९सुरक्षा संवेदनशिलताका कारण० एक सैन्य वैज्ञानिकले भने चुईको टिमलाई उनको ‘विलक्षण डिजाइन’ को सफलताको लागि बधाई दिँदै यो खालको प्रविधी भविष्यमा ‘भिमकाय हापरसोनिक बम वर्षक विमान’ मा प्रयोग हुन सक्ने बताए ।

तीव्र गतिको क्षेत्रमा चीनको अर्को सफलता सोही प्रयोगशालामा विकास हुदैँछ । त्यहाँ सन् २०२० मा सञ्चालनमा आउने गरि विश्वको ठूलो हवाई सुरुङ्ग निर्माण भइरहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको