Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

चर्चित गायक उदित नारायण झा जेठी श्रीमती रन्जनासंग जन्मथलो सप्तरीमा

admin

चर्चित गायक उदीतनारायण झा सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो आएका झा एक सातासम्म यहीं रहनेछन । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घर आएका हुन् ।

मिडियासँग केही कुरा गर्न नचाहेका झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी गायन पेशामा लागेर लामो समयदेखि भारतमा बसोबास गर्दै आए पनि उनका दाजुभाइ भारदहमै बस्दै आएका छन् ।

बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदीत र रञ्जनाको सम्बन्धका कारण भारतमा हंगामा समेत भएको थियो । तर अहिले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकारहरुसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बसेर सबै साथीभाईसँग भेटघाट गर्ने बताए ।

उनी भारदहमा आएर आफ्नो परिवारसँग भेटघाट गरेपछि केही वर्षअघि आफू भारतीय भएको भनी मिडियालाई भनेको कुरा आफैं झुटो सावित पनि भएको छ । यद्यपि उनी यसबारेमा धेरै कुरा नै गर्न तयार भएनन् ।

गायक झा आफ्नो जन्मथलो आउनेबित्तिकै पहिला भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरेका छन् । उनी पूजा गर्न मन्दिर पुग्दा स्थानीयहरुको भीड लागेको थियो । पालैपालो उनीसँग सेल्फी लिने पनि अत्यधिक देखिए । गायक झा आएको थाहा पाउनेबित्तिकै उनीसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयहरुले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको