Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

श्रीमानलाई मार्न १ लाखको सुपारी दिएकी श्रीमती प्रेमी सहित पक्राउ

admin

परपुरुषसँग प्रेम सम्बन्ध राखेकी एक विवाहित महिलाले आफनो प्रेमलाइ सकार पार्न आफनै श्रीमानको हत्या गर्ने प्रयास गरेकी छन् । बीरगन्जमा गएराति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवाटोल स्थायी घर भइ हाल वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेश प्रसाद चौरसियालाइ उनकै श्रीमति प्रियंका चौरसियाले आफनो प्रेमीसँग मिलेर गोली हान्न लगाएको तथ्य बाहिर आएको हो ।

दश वर्ष वैदेशिक रोजगारी गरेर स्वदेश फर्किएर धागोको व्यापार गर्दै आएका उमेश, ब्यापारको सिलसिलामा बुटवल गएर गएराति घर फर्किदै थिए । सोही क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट करिब एकसय मिटर पश्चिम रहेको भारतीय महावाणिज्य दूतावास पछाडिको सडकमा मोटरसाइकलमा सवार रहेका दुई युवकले गोली प्रहार गरे । उमेशको दाहिने कोखामा गोली लाग्यो । बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भब नभएपछि उनलाइ थप उपचारका लागि गएराति नै काठमाण्डौ लगिएको छ । कोखामा करिब ४०र४५ वटा जति गोलीको छर्रा लागि घाइते भएका चौरसीयाको काठमाण्डौको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

घाईते चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा अत्याधिक रक्तस्राब हुनाका साथै रक्तचाप समेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि काठमाडौँ रेफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ । गोली प्रहार गर्ने बीरगन्ज १२ मुर्लीका २५ वर्षिय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी बाराको परवानीपुर १ का २४ वर्षीय बिकेन्द्रकुमार गुप्तालाइ प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रियंकासँग बिहे गरेलगत्तै बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । त्यहीबेला उनकी श्रीमती प्रियंका र वीरगन्जको अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत बिकेन्द्रबीच प्रेम सम्बन्ध बसेको थियो । उमेश बैदेशिक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरि आफुहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र बिकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ । सोही योजनाअनुसार उमेशकी श्रीमती प्रियंका र बिकेन्द्रले उमेशको हत्या गर्नका लागि मनोज गुप्तालाइ एक लाख रुपैयाको सुपारी दिएका थिए ।

उनीहरुले मनोजलाइ हत्याको तयारीका लागि २५ हजार रुपैयाँ नगद दिएको र त्यही रकमबाट मनोजले ११ हजार रुपैयाँमा १२ बोरको नलकटुवा पेस्तोल र एक राउण्ड गोली खरिद गरेका थिए । उमेश गएराति बुटवलबाट घर फर्किने क्रममा वीरगन्ज शहरमा आएलगत्तै उनकी श्रीमती प्रियंकाले मनोजलाइ टेलीफोन गरेर उमेश वीरगन्ज आइपुगेको जानकारी गराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय छेउको भारतीय महावाणिज्य दूतावास नजिकको गल्ली हुँदै उमेश घरतर्फ पैदल जादै गरेका बेला बिकेन्द्रको ना ३४ प १०३ नम्बरको मोटरसाइकल लिएर मनोज र मुन्नाले उमेशलाइ पच्छ्याएका थिए । उमेश आफने घरबाट ५० मिटरको दुरीमा पुगेका बेला मोटरसाइकलको पछाडि सवार मुन्नाले पेस्तोलमार्फत उमेशको कोखामा सटाएर गोली हानेका थिए । गोली हानेलगत्तै दुवै जना मोटरसाइकलमै फरार भएको प्रहरीको दाबी छ ।

तत्कालै घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते उमेशलाइ उद्धार गरि उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएका थिए । घटनाको अनुसन्धान गर्दै जाँदा गोली प्रहारमा उमेशको आफनै श्रीमती प्रियंकाकै योजनाअनुसार उमेशको हत्याको प्रयास गरिएको खुलेपछि प्रहरीले उपचारका क्रममा उमेशसंगै गएराति काठमाण्डौ पुगेकी प्रियंकालाइ आज बिहान काठमाण्डौबाट पक्रेर विमानमार्फत वीरगन्ज ल्याएको छ । गोली हान्ने मुन्ना, मनोज र प्रियंकका प्रेमी बिकेन्द्रलाइ भने वीरगन्जको विर्ताबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले बताए ।

गोली हान्ने घटनामा प्रयोग गरिएको बिकेन्द्रको मोटरसाइकल वीरगन्जबाट बरामद गरिएको तथा पेस्तोल र त्यसको एक राउण्ड खोका वीरगन्जको मुर्लिमा बालुवाको बोराभित्र लुकाएर राखिएको अवस्थामा फेला पारिएको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको