Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

बालिकामाथी सामूहिक बलात्कार, अपराधमा संलग्न ३ युवा प्रहरी नियन्त्रणमा

admin

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका छन् ।

निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका हुन् ।

बालत्कारबाट गम्भिर घाइते भएकी बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यकृया गरिएको र अहिले पनि उनको अवस्था चिन्ताजनक रहेको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले बताए ।

बुधबार अपरान्ह विद्यालय सकाएर घर फर्किएकी बालिका आफनी एक जना साथीसँग बाख्रालाइ घाँस लिन भनि गाँउ नजिकको खेतमा गएकी थिइन् । खेतको नजिकैको पोखरीमा माछा मारिरहेका तीन जना युवकले ती दुवै बालिकालाइ माछा दिने लालच देखाएर एकान्त स्थानमा लगेर जबर्जस्ती गर्न खोज्दा एक जना बालिका उम्केर भाग्न सफल भएपनि अर्की बालिकालाई ती युुवकहरुले कुटपिट र लछारपछार गर्दै पालै पालो बलात्कार गरेका थिए ।

बुधबार अपरान्ह घाँस लिन घरबाट बाहिर निस्किएकी बालिका साँझ अबेर सम्म पनि घर नफर्किए पछि बालिकाका बुबाले खोज्दै जाँदा उनलाइ घर नजिकैको पर्तिमा अचेत अवस्थामा फेला पारेका थिए ।

नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान उपचार गराइरहेको अवस्थामा भेटिएका पिडित बालिकाको बुबाले भने, ‘पहिले बजारसम्म खोज्न गएँ । तर, नभेटिएपछि फेरि घरको पछाडि पर्ति तिर खोज्न जाँदा उसलाई अचेत अवस्थामा फेला पारेपछि तत्कालै एम्बुलेन्स बोलाएर अस्पतालमा पुरयाएको हुँ । राति डाक्टरले अप्रेशन थियटरमा लगेर अप्रेशन गर्नुभएको छ । अहिले पनि छोरी बोल्न सक्ने अवस्थामा छैन ।

बलात्कारमा संलग्न तीन जानै युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी उपरिक्षक रेग्मीले बताए ।

आवश्यक अनुसन्धानका लागि ११ जनालाइ नियन्त्रणमा लिएका थियौँ, उनले भने,‘ती मध्ये तीन जना संलग्न भएको देखियो । उनीहरुलाई स्वास्थ्य परिक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएका छौँ । तीन जना मध्ये एक जनाको त यौनांग नै च्यातिएको छ । पक्राउ परेका तीनै जनालाइ भोलि सार्वजनिक गरिने उनले बताए ।
श्रोतः रातोपाटी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको