Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

२९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

admin

निर्वाचन आयोगले यही फागुन २९ गते हुने नयां राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ । आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक भइसकेको छ ।

निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गते, उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते र फागुन २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगको फागुन १० गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको