Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

२९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

admin

निर्वाचन आयोगले यही फागुन २९ गते हुने नयां राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ । आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक भइसकेको छ ।

निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन फागुन २१ गते, उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २३ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते र फागुन २९ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन आयोगको फागुन १० गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम राष्ट्रपतिको निर्वाचन फागुन २९ गते गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको