Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश

admin

क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो ।

यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात पारेको हो । डेनमार्कले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ । युसुफ पउलसेन घाइते भएपछि उनको स्थानमा पहिलो रोजाइमा खेलेका डोलबर्गले दुवै हाफमा एक/एक गोल गरे । यस्तै योकिम माहेले र मार्टिन ब्रेथवेइटले एक/एक गोल गरे।

इन्जुरी टाइममा ब्रेथवेइटले गोल गरेपछि डेनमार्कले फराकिलो जित हात पार्‍यो । ब्रेथवेइटको गोलले भिएआरको सहयोगमा मान्यता पाएको थियो। डेनमार्क सन् २००४ पछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । त्यसपछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ मा छनोट हुन सकेको थिएन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको