Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

यी नेताबाट जनताले के आश गर्ने ?

admin

-डा.डिआर उपाध्याय,

आज देश गम्भिर संकटमा छ । राजनीतिक दलहरु धु्रविकृत भएका छन । पाँच दलीय गठबन्धनले हिजो संचारकर्मीहरु संग अन्तरक्रिया गरेको थियो । पाँच दलीय गठबन्धनले देशमा देखिएका समस्याका बिषयमा छलफल गरेको थियो । अहिले देशमा जनताले दुख्ख पाईरहेका छन । हरेक हिसावले जनता दुखी छन । देश र जनताको हक हीत र अधिकारका लागी काम गर्ने दल र तिनका नेताहरु कता छन कुनै पत्तो छैन । कुनै दल सत्ता स्वार्थमा छन ।

जनताको समस्या नबुझने नेता र दल मात्र भए हाम्रो देशमा । आफनो पेट भोर्ने बाहेक अरु केही सोच्दैनन । यस्तो भए पछि नेता बाट जनताले के आश गर्ने ? आश गर्ने ठाउँ पनि छैन । अहिले देश सहि किसिमले अघि बढन सकेको छैन । देशमा समस्या मात्र उत्पन्न भइरहेका छन । देशमा राजनीतिक , आर्थिक , सामाजिक समस्याहरु छन । अहिले मुलुक संवैधानिक संकटमा छ । संविधान मिचिएको छ । जनताका समस्या ज्यूँका त्यू छन । जनताका समस्या समाधान गर्ने कुरामा कसैको चासो छैन । अहिले देश पछाडी फर्किएको अवस्था छ ।  देशमा संविधान र कानुन मिचेर आफ्नो मनपरी गरिएको छ ।

यहाँ सत्ता लम्व्याउन जस्तो सुकै सम्झौता गरिन्छ । सत्ता स्वार्थ भनेकै यस्तो चिज हो , जहाँ केही देखिदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्नु भयो । पहिलो पटक बिघटन गरेको संसद पुनस्थापना भयो र त्यही पुनस्थापित संसद फेरी बिघटन भएको छ । संसद फेरि पुनस्थापना हुन्छ भन्र्ने सवैले बिश्वास लिएका छन । संविधान विपरीत संसद बिघटन गर्नु भनेको प्रतिगमनकारी कदम हो । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलव्धि गुमाउने खेल हो । बहुदलीय गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ र सबल बनाउन सवै एक भएर लाग्नु पर्छ ।

देशको कार्यकारी प्रमुखबाट संविधानको कार्यान्वयन, पालना र संरक्षण गर्नु पहिलो अभिभारा हो तर झन्डै दुई तिहाइ जनमत प्राप्त प्रधानमन्त्रीले दुई वर्ष पदावधि बाँकी छँदाछँदै संसद्को यस घटनाले प्राप्त उपलब्धिलाई कुल्चने काम भएको छ । यो विघटनको घटनाले भोलिका दिनमा राम्रो संकेत देखाउँदैन । यस अर्थमा यो कदम कुनै अर्थमा राम्रो मानिएको छैन । संविधानको व्यवस्थाले संसद्लाई पाँच वर्षसम्म नै चल्न दिने भनेको छ । तर प्रधानमन्त्रीले झन्डै दुई तिहाइको विश्वास कायम छँदाछँदै हुँदाखाँदाको विश्वासलाई बेवास्ता गरेर संसद् विघटन गरेका छन् ।

कानुन बिज्ञका अनुसार जबकि यो अधिकार प्रधानमन्त्रीलाई रहेको छैन । प्रमुख प्रतिपक्षी दललगायतका दलहरू, सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु, दर्जनौं वरिष्ठतम् कानुन व्यवसायीहरु, नागरिक समाज सर्वत्रबाट यो कदम असंवैधानिक कदम भएको भनिरहेका छन् । जनताको सार्वभौभ थलो संसद् हो । संसद् सरकारकोे नीति कार्यक्रम, बजेटका साथै कानुनहरु पारित गर्ने थलो हो । तर अहिले संसद छैन । संसद नहुँदा देशमा यावत समस्या तेर्सिएका छन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको