नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ ।
उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् ।क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् ।सन्दिपले पनि लिगमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।सिपिएल क्रिकेटको लागि बिहिबार राति लण्डनमा सार्वजनिक गरिएको अन्तिम ड्राफ्टमा सन्दिप परेका हुन् । पहिलो पटक सिपिएल क्रिकेटको ड्राफ्टमा परेका सन्दिपलाई नेभिस पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा क्लबमा भित्राएको हो । योसँगै सन्दिप सिपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छ । पेट्रियट्समा सन्दिपले वेष्ट इन्डिजका क्रिस गेल, कार्लोस ब्राथवेट, जिम्बाबेका ग्रेम क्रिमर जस्ता खेलाडीसँग नेट शेयर गर्ने छन् ।
वेष्ट इण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल क्रिकेट आगामी ८ अगस्टदेखि सुरु हुने छ । सिपिएल क्रिकेटमा यो सिजन ६ टोलीको सहभागिता रहेको छ । यो सिजनको सिपिएल क्रिकेटको लागि २२७ जना विदेशी खेलाडी पहिलो ड्राफ्टमा रहेका थिए ।
यो बर्ष सन्दिप दोस्रो ठुला प्रतियोगिताको लागि छनोट भएका हुन् । यसअघि सन्दिप यसै सिजनको लागि इन्डियन प्रिमियर लिग ९आईपिएल० मा आबद्द भएका थिए । आईपिएलको अक्सनबाट सन्दिपलाई दिल्ली डेयरभिल्सले २० लाख भारुमा किनेको थियो ।
यू – १९ क्रिकेट टोलीमा पुर्व कप्तानसमेत रहेका सन्दिप हाल आइसीसी विश्वकप छनोटको लागि नेपाली टोलीसँग जिम्बाबेमा रहेका छन् । यो बर्ष निकै उत्कृष्ट बलिङ गरिरहेका सन्दिपले नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा सर्वा्धिक १७ विकेट लिदै म्यान अफ दि सिरिज समेत बनेका थिए ।