Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

श्रीमानलाई बिष खुवाएर हत्या, श्रीमती पक्राउ

admin

बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमानलाई श्रीमतीले विष खुवाएर हत्या गरेकी छिन । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो ।

बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।

घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

उनले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर श्रीमान्को हत्या गरेको पतंगीले प्रहरीसमक्ष स्वीकारेकी बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको