Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

समाजसेवी डिल्ली अधिकारीद्वारा आफ्नो जन्मदिनमा एचआईभी स्कुललाई राहत वितरण

admin

‘ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिका’ले नेपालका विभिन्न स्थानमा देशमा जारी निषेधाज्ञाका कारण खानाबाट बंचित,असाहय र श्रमिकहरुका लागि दैनिक रुपमा खाना वितरण गर्दै आईरहेको छ । काठमाडौंको परोपकार स्कूल क्षेत्र, बालाजु, ठमेलमा दैनिक सयौंको संख्यामा रहेका भोकाएका पेटहरुलाई भोजन वितरण गर्दै आईरहेको संस्थाको तेश्रो बार्षिकोत्सव तथा फाउण्डेसनका अध्यक्ष एवं बरिष्ठ समाजसेवी डिल्ली अधिकारीको जन्मदिनको अवसरमा किर्तिपुर स्थित एचआईभी संक्रमित भएकाहरुका लागि खोलिएको विश्वकै पहिलो स्कूलमा एक समारोहका बीच कार्यक्रम समेत गरिएको थियो ।

उक्त विशेष कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले नेपालमा गरेका सामाजिक सेवा र उनले नेपालमा मात्र नभएर अमेरिकामा समेत नेपालीहरुलाई गरेका समाज सेवाको बारेमा चर्चा गरिएको थियो । स्कूलका बिद्यार्थीहरुले केक काटेका थिए भने अध्यक्ष अधिकारीको तर्फबाट नेपालका चकलेटी नायक भनेर चर्चा कमाएका र पछिल्लो पटक समाजसेवामा निकै सक्रिय संजित भण्डारी ,समाजसेवी बिमला श्रेष्ठ ,मोडल निक शर्मा,हाल संचालन भैरहेको भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेर, समाजसेवी बब श्रेष्ठ,रन्जिता अधिकारी, समन प्याकुरेल लगायतको टोलीले खाद्यान्न राहत हस्तान्तरण गरेको थियो ।
‘अहिलेको विषम परिस्थितीमा कोही पनि गरिब दुखी कुनै कारण बाट भोकै बस्न नपरोस भन्ने महान सोच राखेर स्थापना भएको इन्ट्रा नेशनल वेलफेयरमा जोडिएर यसरी दिन दुखीहरुको सेवा गर्न पाउदा संस्थाका अध्यक्ष डिल्ली अधिकारी सर तथा प्रबन्ध निर्देशक रुद्र बानिया सर प्रति सदा आभारी रहने  कुरा’ नायक भण्डारीले  कार्यक्रममा बताए ।


हाल नेपालमै रहेका बानिया तथा नायक दिलीप रायमाझी पूर्वी नेपालको विभिन्न स्थानमा राहत वितरणमा सक्रिय रहदै आएका छन । ३ बर्ष अगाडि भुटनीज क्याम्पमा डे केयर होमबाट शुरु भएको संस्थालाई वृद्धाश्रम बनाउने योजना अनुरुप संस्था लागि परेको छ । ‘लामो समयदेखि शरणार्थी जिवन बिताईरहेका वृद्ध वृद्धाहरुको सुविधाका लागि आश्रम खोल्न लागिएको र अमेरिका जाने अवसर पाएर पनि नेपाल नछोडका त्यस्ता बावु आमाहरुलाई थोरै भएपनि राहत होस भनेर संस्थाको तर्फबाट आजिवन मासिक पांच हजारका दरले भत्ता समेत दिने ‘संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको