
काठमाडौंको चुच्चेपाटीस्थित लुम्विनी कलेज नजिकको गल्लीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । छातीमा धारिलो हतियार प्रहार हुँदा घाइते भएका स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको उपचारका क्रममा मृत्यु भएको हो ।
शेर्पाको हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य विवादमा विवेकले गएराति छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए । गम्भीर घाइते छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको वौद्ध प्रहरीले जनाएको छ ।

लोकप्रिय समाचार