गायक शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’सार्वजनिक(भिडियो)

गायक शिवसागर खड्काको  गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ ।

निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *