Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

राजकुमार सहितको सगरमाथा आरोही टोलीलाई सम्मान

admin

बहराइनका राजा हम्मद बिन ईसा अलखलीफाले सगरमाथा सफल आरोहण गरेका राजकुमार मोहम्मद हम्मद मोहम्मद अल खालीफासहितको टोलीलाई सम्मान गरेका छन्।

आइतबार आयोजित एक विशेष समारोहमा राजा हम्मदले नेपालमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर ऐतिहासिक मिशन पूरा गरेकोमा रोयल गार्ड आरोही टोलीलाई सम्मान गरेको गरेका हुन्।

समारोहमा रोयल गार्ड स्पेशल फोर्स कमाण्डर लेफ्टिनेंट कर्नल हिज हाईनेस शेख खालीद बिन हम्मद अल खलीफा उपस्थित थिए। हिज हाइनेस शेख नासेरलाइ दोस्रो र तेस्रो श्रेणीको बहराइन मेडलका साथै टोली सदस्यहरूलाई पुरस्कृत गरेका थिए।

साथै उनीहरूको प्रयास, शक्ति र दृढ संकल्पले गर्दा सबै चरणमा देखाएको ऐतिहासिक उपलब्धिको लागि प्रसंशा पाएका थिए। हिज हाइनेस शेख नासिरले सम्मानजनक उपलब्धी मौसुफको अनुगमन र निर्देशन र बहराइन प्रतिरक्षा बलको निरन्तर हेरचाहले मिसन सफल भएको व्यक्त गरेका थिए। राजाद्वारा राजकुमार खालिफासहितका टोलीलाई बहराइन मेडल् हस्तान्तरण गरिएको हो।

बहराइन राजकुमार खालिफासहितको टोली जेठ १८ गते विहानै सगरमाथाको शिखर आरोण गर्न सफल भएका थिए ।
राजकुमार खलिफा र उनको टीमले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर मापन भए पश्चात आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोलीको कीर्तिमान पनि कायम गरेका थिए । यो सँगसँगै बहराइनबाट पहिलो पटक सगरमाथा चढ्ने कीर्तिमानसमेत कायम गरेका छन्।

उनीसहित १६ सदस्यीय टोली सगरमाथा आरोहणको लागि चैत २ गते नेपाल आइपुगेको थियो।
राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आएको थियो। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको