Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय

admin

सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ । माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए ।

‘सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाउन भइरहेको सन्दर्भमा पार्टी एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय हुन्छ’ उनले भने । सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनर्स्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,महासचिव ईश्वर पोखरेल ,प्रदिप कुमार ज्ञवाली,राम बहादुर थापा ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ केशव बडाल,पृथ्वीसुब्बा गुरुङ ,टोपबहादुर रायमाझी ,बिष्णु रिमाल लगायतको उपस्थिति रहेको थियो । बैठकले  भोलि बस्ने राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रिय कमिटीमा रूपान्तर गर्ने र यही १८ गते बस्ने केन्द्रिय कमिटीको बैठकले नेकपा एमाले भित्र भएको बिबादलाई समाधान गर्ने लगायतका निर्णय गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको