Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

आजदेखि आन्तरिक उडान खुला,६४ विमानले उडान भर्ने

admin

दुई महिनाभन्दा बढी बन्द भएको आन्तरिक उडान आजदेखि सञ्चलानमा आएको छ ।

कोरोना भाइरसको दोस्रो लहरपछि वैशाख २० गतेदेखि बन्द गरिएको आन्तरिक उडान ६९औँ दिनमा सञ्चालन आएको हो । मन्त्रिपरिषद्‌को असार ७ को  निर्णयानुसार आन्तरिक उडानका लागि चारवटा वायुसेवाका  दैनिक ६७ उडानलाई अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । उडानका लागि बिहान साढे ६ देखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । तर देशका अधिकांश स्थानमा भारी वर्षा भएकाले आजको उडान निर्धारित समयानुसार नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

संक्रमणको जोखिम नटरेकाले जहाज कम्पनीलाई १० मिनेटको अन्तरालमा उडान गर्न, प्रत्येक उडानसँगै जहाज स्यानिटाइज गर्नु पर्ने, यात्रुको लगेजसमेत स्यानिटाइज गरी विगतका मापदण्डलाई पालना गर्न भनिएको छ । संक्रमण घट्दै गए तथा यात्रुको चाप बढेमा हाललाई दिइएको ५० प्रतिशत उडान अनुमति बढाउन सकिने सरकारी पक्षले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको