Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

ब्युटिसियन नेपाल २०१८ को ट्यालेन्ट शो सम्पन्न, फागुन २० गते फिनाले (फोटो फिचर)

admin

अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता “ब्युटिसियन नेपाल २०१८” को ‘ट्यालेन्ट शो’ सम्पन भएको छ ।

ट्यालेण्ट शोमा प्रतिस्पर्धीले निर्णायक मण्डलहरू क्रमशः म्युजिक भिडियो निर्देशक तथा संचारकर्मी नव ढुंगेल, कोरियोग्राफर हिमानी सुब्बा, ‘मिसेस नेपाल आईडल २०१७ बिजेता रक्की श्रेष्ठ, व्युटिसियन नेपालको विजेता गौरा राई ‘ब्युटिसियन नेपाल–२०१६’ बिजेता कमला अधिकारी र डान्स डाईरेक्टर सुम्निमा पाण्डे समक्ष आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ब्युटिसियन पेशामा रहेका प्रतियोगिहरुले मिसेस ट्यालेण्ट उपाधिका लागि नृत्य, गीत संगीत,कबिता वाचन,पाककला वक्तृत्वकला लगायतका आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।

मिसेस ट्यालेण्टको घोषणा भने आगामी फागुन २० गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने ‘ब्युटिसियन नेपाल २०१८’ को अन्तिम स्पर्धाका दिन घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष कमल खतिवडाले जानकारी गराए ।

प्रतियोगितामा मुख्य उपाधि र रनर्सअपका साथ बेस्ट पेर्सोनालिटी, मष्ट ट्यालेण्ट, मष्ट पपुलर, बेष्ट स्माईल, बेष्ट स्कीन, बेष्ट हेयर, फेसबुक च्वाईस, मष्ट क्रियटिभ, भ्युअर्स च्वाईस, व्युटी विथ पर्पस, मिसेस क्याटवक, सोसल वेलफेयर एम्बेसडर, वेष्ट फिजीक, मिसेस ट्यालेण्टलगायतका उप उपाधि पनि अन्तिम प्रतिस्पर्धाकै दिन प्रदान गरिने छ ।

यस् प्रतियोगिताको लागि काठमाडौं भित्र तथा बाहिरबाट १६ जना ‘ब्युटिसियनहरु छानिएका थिए । प्रतियोगितामा सम्झना शेर्पा, बिना श्रेष्ठ, गंगा खड्का , सविना नेपाली , सुनिता पोखरेल, देवी श्रेष्ठ, कल्पना गुरुङ, प्रतिक्षा अधिकारी , लक्ष्मी श्रेष्ठ, सविना खत्री, शर्मिला शाही, रमिला शाही महर्जन, लिना खेबाङ सुब्बा, शिलास्मा मल्ल,मिट्ठु महर्जन र सविना चित्रकार रहेका छन । प्रतियोगितामा कोरियोग्राफि हिमानी सुब्बाको कोरियोग्राफी रहनेछ ।

Amazone Entertainment Himani Subba Nava Dhungel Nava Dhungel - Director

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको