भारतमा थप ४७ हजारमा कोरोना संक्रमण, मृत्यु दर हजार मुनि

भारतमा थप ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि । पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार २५२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २६औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । अहिले सम्म भारतमा ५ लाख २ हजार ३८३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ७९७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *