Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी गाडी यातायात संचालन भएको छ

admin

चितवनको चार किलो र भोर्ले सेतीदोभानको पहिरो हटाउन थालिएसँगै अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी गाडी चल्न संचालन भएको छ।   पहिरो हटाउन थालेपछि बिहान १० बजे तिरबाट एकतर्फी गाडी चल्न थालेको जानकारी प्राप्त भएको छ। पहिरो पूरै सफा गर्न समय लाग्ने भएपछि एकतर्फी गाडी चल्न सक्ने गरेर बाटो खुलाइएको छ।  नारायणगढ–मुग्लिन खण्डमा गाडी चल्न शुरु भए पनि मुग्लिनपूर्व पृथ्वीराजमार्गको ठाउँठाउँमा पहिरो आएको ले यातायात सन्चालन मा कठिनाइ नै छ।   बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ । शुक्रबार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको