Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

बलिउड अभिनेता दिलीप कुमारको निधन

admin

बलिउड अभिनेता दिलीप कुमारको ९८ वर्षकाे उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाध्यमले जनाएका छन्।

दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफ खान थियो। उनले ज्वार भाटा १९४४, अन्जाद १९४९,  देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।

कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्। कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए।उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो।

आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको