Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

बुद्ध नेपालमा जन्मेको सन्देश दिन भोली टुंडिखेलमा ७५ हजार मानिस भेला हुने

admin

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिनका लागि भोली भोलि काठमाडौंको टुँडिखेलमा ७५ हजार मानिसको भेला हुदैछ । उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने आयोजक विश्व किर्तिमानि परिषद नेपालले जनाएको छ । कार्यक्रममा धम्मपद (बुद्ध वचन) वाचन समेत हुने भएको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले बुद्ध नेपालमा जन्मेका हुन भनेर फेरी एकपटक संसारलाई सुनाउनको लागि कार्यक्रम आयोजना गरिन लागेको बताएका छन ।
नेता पोखरेलले बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने बताएका हुन् ।
उनले भने ,‘भोलिको कार्यक्रम केबल विश्व रेकर्ड तोड्नको लागि मात्रै होईन स्वाभिमान र राष्ट्रियताको लागि हो, अर्को कुरा ७५ हजार मानिसको नाम रेकर्ड हुने हुँदा सबै जनालाई उपस्थित हुनको लागि आग्रह गर्दछु, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थितिको लागि समय छुट्याईएको छ ।’
साक्षात्कारमा चर्चित नायक निखिल उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुन आग्रह गरेका छन् । उनले भने,‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्दा हामीलाई किन अफ्ट्यारो हुन्छरु हामीसँग थोरै पनि अनुसाशन र करुणा छ भने त्यो बुद्धको भावना हो, नेपालमा फुलेको बुद्धको फूलले विश्वमा बासना फैलाईरहेको छ, कसै कसैले बुद्धको नाममा भम्रम फैलाउने काम गरेको देख्दा अच्चम लाग्छ ।’ उनले अघि थपे,‘हाम्रो देशमा कुनै राजनीतिक दल ठूलो हुदै गर्दा मुलुक खुम्चिएको जस्तो महशुस हुन्छ, हामीले यो कार्य चर्चाका लागि गरिएको होईन, यो आजको आवश्यकता हो, बुद्धले दरबार छोडेर जीवनभर शान्ति, सद्भावका लागि हिडे, आजको दिनमा पनि दरबारको लागि कोही भौतारि रहेका छन्, भौतिकवादीहरुको सत्यता सबैलाई थाहा छ, राष्ट्रियताको लागि सबै एक ठाउँमा आउनुपर्ने स्थिति छ, अरु कुनै पक्षले नेपालीहरुलाई एक स्थानमा ल्याउने देख्दिन, अब हामीले बुद्धको नाममा एक ठाउँमा आउनुपर्छ ।’ फागनु १९ गते राजधानीको टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु चिनाउनकार्यक्रमको आयोजना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको