Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

सिटी सेन्टरबाट खसेर एक सुरक्षा गार्डको मृत्यु

admin

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर सपिङ मलबाट खसेर एक सुरक्षा गार्डको मृत्यु भएको छ । मलको चौथो तलाबाट खसेर गार्डको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर फिदिमका २६ वर्षीय रविन भुजेल छन् । भुजेल मलमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । शुक्रवार विहानै मलबाट खसेका भुजेलको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जनाएको छ ।

भुजेलका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् । आफन्तले घटनाको छानवीन गर्न माग गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको