Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

सिटी सेन्टरबाट खसेर एक सुरक्षा गार्डको मृत्यु

admin

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टर सपिङ मलबाट खसेर एक सुरक्षा गार्डको मृत्यु भएको छ । मलको चौथो तलाबाट खसेर गार्डको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर फिदिमका २६ वर्षीय रविन भुजेल छन् । भुजेल मलमा सुरक्षागार्डको रुपमा कार्यरत थिए । शुक्रवार विहानै मलबाट खसेका भुजेलको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी बृत्त कमलपोखरीले जनाएको छ ।

भुजेलका आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानविनको माग गरेका छन् । आफन्तले घटनाको छानवीन गर्न माग गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको