बैतडीको पाटन नगरपालिका स्थित भट्यारीमा ध्वजबहादुर विष्ट र मानबहादुर विष्टको जोडिएको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । घरमा रहेको सौर्यबत्तीको ब्याट्री पड्केर आज अपराह्न ४ः३० बजे आगलागी हुँदा पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाटनका प्रनानि वीरभद्र खडायतले जानकारी दिए । आगलागी भएको एक घण्टापछि प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।
लोकप्रिय समाचार