Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

५ प्रदेशमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

admin

आईतबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।

देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।
 


आषाढ २७, २०७८ आइतवार ०७:१२:४५ बजे : प्रकाशित


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको