Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

५ प्रदेशमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

admin

आईतबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ ।

देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।
 


आषाढ २७, २०७८ आइतवार ०७:१२:४५ बजे : प्रकाशित


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको