Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

खोपका अभावमा अब तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली

admin

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे पाँच महिनाभित्रमा सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छ।

काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै आइतबार प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने फेरि प्रतिबद्धता जनाएका हुन् ।

खोप अभावमा कोही तड्पिन नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’

२०२१ भित्रमा खोप लगाइसक्ने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएका प्रधानमन्त्री ओलीले केही समय अभाव देखिए पनि अब लगातार खोप आउने र सबैलाई लगाउने गरी कार्य गरिएको बताए । खोप नयाँ नयाँ सम्झौता भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको