
भारतको छत्तीसगढ राज्यको एक जंगलमाआज बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही समूह नक्सलाइटबीच भिडन्त हुँदा १० जना विद्रोहीको मृत्यु भएको छ । भारतिय संचारमाध्यमका अनुसार प्रहरी र विद्रोहीबीचको भिडन्तमा परि एकजना प्रहरी पनि मारिएको बताइएको छ ।
भिडन्तका क्रममा अरु केही विद्रोही घाइते भएका छन् । जंगलमा केही घन्टासम्म नै दोहोरो फायरिङ भएको बताइएको छ ।मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन् । मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।

लोकप्रिय समाचार