Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

देउवाको नेतृत्वमा नयाँ सरकार गठन

admin

-डा.डिआर उपाध्याय,

अवसर र चुनौती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन संगै देउवा सामु अवसर भन्दा चुनौति बढी तेर्सिएका छन । अव देउवाले चुनौतिलाई कसरी सामाना गरेर अघि बढछन त्यो भने हेर्न बाँकी छ । समय र परिस्थितिले देउवालाई प्रधानमन्त्री बनाइदियो । भाग्यमा भए पछि कस्को के लाग्छ र ।

नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । देउवाले पनि नसोचेको परिणाम हात परेको छ । अब, देउवाले सवैलाई मिलाएर लैजाने कौशलता देखाउनु पर्छ । परिस्थिति अनुसार उनले हिजो प्रधानमन्त्रीको शपथ लिएका छन । देउवाको सामु तेर्सिएको पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि एमालेभित्रको झलनाथ–माधव समूहको बिश्वास जित्नु पर्ने हुन्छ ।

त्यो नै महत्वपूर्ण कुरा हो । यति बेला जनता कोरोनाबाट पीडित छन् । युवाहरु बेरोजगार छन् र देशमा भ्रष्टाचार मौलाएको छ । देशमा यावत समस्या ज्यूँका त्यँु छन । उनले यी समस्या कसरी सम्वोधन गर्छन यो पनि एउटा महत्वपूर्ण सवाल हो । विश्वासको मत पाए पनि देउवाका लागि सरकार सञ्चालन गर्न सहज हुँदैन । आउदा दिन हरु त्यति सहज छैनन् । कठिन बाटाहरु पार गर्नु पर्ने देखिन्छ ।

समयको बेग संगै देउवा अघि बढनु पर्ने अवस्था छ । यति बेला गठबन्धनबाट माधव समूह अलग हुन खोजिरहेको छ । यसले राम्रो संकेत दिएको छैन । त्यो देशका लागि घातक पनि हुनेछ । माधव नेपालले बिश्वास घात गर्न मिल्दैन । माधव नेपालको चट्टानी अडानले यो परिस्थिती निर्माण भएको हो । यो कुरा कसैले भुल्नु हुदैन । झलनाथ–माधवले यो सरकारलाई जोगाउनु पर्छ । नत्र लोकको जग हाँस्ने छ । फेरि ओलीसँग मिल्ने कुराले देशमा संकट आउन सक्छ ।

ओलीको निरङ्कुशताविरुद्ध लड्ने हिम्मत माधव नेपालले गरेकै हुन । माधव नेपालले गठबन्धन छोडनु हुदैन । यदि नेपालले गठवन्धन छोडे घात हुने छ । इतिहासले माफ दिने छैन । माधव नेपालले संसद् पुनर्स्थापना भएकै दिन यो गठबन्धनमा छैन भन्नु हुदैनथ्यो । उनी जेका लागि लडेका थिए । त्यसले सार्थकता पाएको छ संसद् पुनर्स्थापना भएको छ,। नयाँ सरकार गठन भएको छ । शेरबहादुर देउवालाई विश्वासको मत दिने काम बाँकी नै छ, त्यसको लागी पनि गठबन्धनबाट माधव नेपाल अलग हुनु हुदैन ।

न्यूनतम रूपमा विश्वासको मत लिने बेलासम्म यो गठबन्धन एक ढिक्का रहनुपर्छ । ओलीको विकल्पमा मुलुकले नयाँ नेतृत्व पाएको छ । विपक्षी गठबन्धनको लक्ष्य पनि यही हो । सरकार बचाउने कुरामा गठवन्धन दहरो हुनु पर्छ । गठवन्धन कमजोर भयो भने फेरि समस्या उत्पन्न हुने खतरा आउन सक्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको