Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनार पाँचौँ विश्व किर्तिमान राख्न सफल

admin

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन।

चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । सानैदेखि गाउँमा उफ्रिने उल्टीमार्ने गर्दै पछि पार्कर खेलाडीका रूपमा आफूलाई विश्वका सामु चिनाउनु सफल भएका हुन। ‘मस्ट ट्वि’स्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए।

दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको संयुक्त सहकार्यमा न्युयोर्कमा पाँचौँ पटक नाम लेखाउनका लागि पार्कर खेलमा नै प्रयास गरेका थिए । भ्रमण वर्षको प्रचार गर्दै गएको जनवरीमा भर्जिनियामा ‘द मस्ट ब्याकवार्डस समरसल्टस अगेन्स्ट अन ट्रयापोलाइन इन वान आवर इ’न्डिभिज्युअल’मा ४६० पटक गरी विश्व रेकर्ड कायम गरेका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको