Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

‘शत्रु गते’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

admin

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ। चैत ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको हो।

सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ। प्रदीप भट्टराईले चलचित्रलाई निर्देशन गरेका छन्। चलचित्र रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त लगानीमा निर्माण भएको हो।

चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ भने पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन्। शत्रुगतेलाई दीर्घ गुरुङले छायाँकन गरेका हुन्। चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन छ भने संगीत राजनराज शिवाकोटीले दिनेछन्।

पल र आँचलबाहेक मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, प्रियंका कार्की लोकप्रिय लगायतको अभिनय रहेको छ।
ट्रेलर :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको