Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

दश वर्षीया सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)

admin

दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर स्रोता/दर्शकमाझ आउनुभएको छ । उहाँको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतलाई सन्तोषले नै लेख्नु भएको हो भने दवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।

अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीत, सङ्गीत र अभिनय भने पछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त सङ्गीतकार हुनुहुन्छ ।

सन्तोषले थुप्रै गीतमा स्वर पनि दिनुभएको छ भने उहाँले सङ्गीत गरेका गीतले विश्व रेकर्ड राख्न सफल भएका छन् । सफलताले पनि बाबुकै पदचाप पछ्याउने छनक यो सार्बजनिक गीतले दिएको छ । बाल गायिका सफलतालाई मिलापको पनि यस कार्यका लागि शुभकामना ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको