Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

admin

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए।

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ। अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो।

उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको