Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

बिप्लवलाई वार्ताको टेवलमा आउन प्रधानमन्त्रीको आव्हान

admin

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आह्वान गरेका छन् ।

विश्व किर्तिमान बनाउने लक्ष्यसहित राजधानीमा आयोजित बुद्धवचन ‘धम्मपद’ वाचन कायक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गरेका हुन् ।

विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै सिरियामा भइरहेको हत्या हिंसाको विरोध पनि गरे । प्रधानमन्त्री ओलीले भने, “दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।”

केही दिनअघि मात्र प्रहरीले विप्लवविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

ओलीले भने, “शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।”

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु नपर्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले भने, “बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ ।”

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायमा रहेका नेपालीले आज टुँडिखेलमा बसेर सामूहिक वाचन गरेका थिए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको