प्रधानमन्त्रि शेर बहादुर देउबाले पाए विश्वास को मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् | २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका हुन् । उनको पक्षमा १६५ मत परेको छ । यो संख्या प्रतिनिधसभाको कुल सदस्य संख्याको ६० प्रतिशत हो । मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको थियो |

संविधानको धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले नियुक्तिको शपथग्रहणको छैटौँ दिनमा विश्वासको मत लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *